आइतबार, मंसिर १२ २०७८

मनकामना दर्शन गर्न भारतीय केन्द्रीय वित्त राज्यमन्त्री चौधरी नेपालमा



  • नेपालदीप
  • आइतबार, असोज ३१ २०७८
1.6K
SHARES

नवलपरासी। भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।

उनी अहिले पूर्वी नवलपरासीमा छन् । यहाँको हर्कपुरमा रहेको विनोद चौधरीको होटल उन्नती कल्चरल भिलेजमा चिया पिउन उनी बसेका छन् । उनीसँगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेता रहेका पत्रकार अजय चौहानले जानकारी दिए ।

मन्त्री तीनवटा भारतीय गाडी र दुईवटा नेपाली गाडीमा आइपुगेका छन् । उनी भारतीय जनता पार्टीका नेता हुन् । अर्थ राज्यमन्त्री पंकज चौधरी स्थलमार्ग हुँदै नवलपरासी आएको र उनको उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले पुष्टि गरेका छन् । उनको भ्रमण धार्मिक तथा नीजि रहेको बताइएको छ ।

गोर्खास्थित सुरक्षा स्रोतका अनुसार उनी आज मनकामनाको एक होटलमा रात बिताउने छन् । भोलि बिहान पुजाआजा गरेर फर्किने कार्यक्रम रहेको छ । मनकामना मन्दिर र उनी बस्ने होटल आसपासमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट