बुधबार, मंसिर १५ २०७८

दशैँ बिदापछिको पहिलो दिन नेप्से १७ अङ्क भन्दा धेरैले बढ्यो



  • नेपालदीप
  • आइतबार, असोज ३१ २०७८
1.2K
SHARES

काठमाडौँ। दशैँ बिदापछि खुलेको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६ सय ५६ दशमलव ९६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंकको साढे ६५ अङ्कले, व्यापारको ४२, होटलको एक सय पाँच, जलविद्युतको १६, फाइनान्सको १४ र माइक्रोफाइनान्स समूहको शेयर १७ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर एक सय १२ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ११, उत्पादनको ३९ र अन्य समूहको शेयर ३४ अङ्कले बढेको छ ।

आज दुई सय १८ कम्पनीका ४७ लाख ६० हजार कित्ता शेयर एक अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको शेयर सात प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कालिका माइक्रो क्रेडिट, बोटलर्स नेपाल र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैका दरले घटेको छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट