सोमबार, मंसिर १३ २०७८

पूर्वाग्रहको व्यापकता



  • नेपालदीप
  • आइतबार, असोज ३१ २०७८
1.9K
SHARES

कितावहरू अनुभव र स्मृतिको अक्षरीय रुपान्तरण हुन् । अक्षता र फुलपातिले दिनहुँ पुज्दैमा ज्ञानको प्राप्ति हुँदैन । पढ्नेले ज्ञान अथवा जानकारी प्राप्त गर्छन् । तर सबै कितावहरू पढ्न योग्य हुँदैनन् । केही कितावहरूमा समेटिएका अनुभव र स्मृतिहरूले हाम्रो “असल अनुभव र स्मृतिलाई प्रदूषित पारेर” असलका ठाउँमा खराव स्थापित गरिदिन्छन् ।

यदि प्रदूषित स्मृति र अनुभवहरू अक्षरमा रुपान्तरण भएका छन् र कसैले त्यो पढ्यो भने सम्वन्धित व्यक्तिको असल अनुभव र स्मृतिलाई तेसले विस्थापित गर्न सक्छ । विश्वभरि एस्तो विस्थापनको समस्या बढ्दो छ । इन्टरनेटको विकाससंगै एउटा बटन दबाउँदा कसैका अक्षरमा रुपान्तरित भएका प्रदूषित स्मृतिहरू विश्वभरि पहुँच बनाउँन सक्छन् । ठीक यही तत्थ्य असल स्मृतिमा पनि लागु हुन्छ । तेसैले पूर्वाग्रहको पोखरीबाट निस्केर कल्याणकारी स्मृतिहरूको अक्षर रुपान्तरण आवश्यक छ । यदि कल्याणकारी स्मृतिहरूले गीता भरिएको छ भने त्यो विश्वभरी पुग्नुपर्छ । कल्याणकारी अक्षरहरूलाई अक्षता र चन्दनको बोझमा दवाएर राख्नु अक्षम्य काम हो ।

फेरी स्मृति र अनुभवले सबैभन्दा बढी प्रभावित हुने र आफ्ना अनुभव र स्मृतिहरूलाई “वैश्विकतह”को ठान्ने पूर्वाग्रह पनि मान्छेमा हुन्छ । पशुमा स्मृति र अनुभव त हुन्छन् तर तिनले ती स्मृति र अनुभवहरूलाई अक्षरमा रुपान्तरण गर्न सक्दैनन् । जव कुनै अनुभव र स्मृति अक्षरमा रुपान्तरित हुन्छ, त्यसले तुरुन्त वैश्विक बन्ने प्राप्त गर्छ । तर आफ्नो समाज, धर्म, संस्कृति तथा रितिरिवाजको पूर्वाग्रहले जकडिएको मान्छेले सहजरूपमा अर्काका अनुभवहरूलाई स्वीकार गर्दैन । केही भाग्यशाली समृतिहरू हुन्छन् जसले वैश्विकतहमा पहुँच बनाएका हुन्छन् ।

अक्षरले बन्ने शब्दहरू जे-जस्तो स्वरुपमा अङ्कित भए पनि पढ्न र जान्न चाहनेले जान्न, बुझ्न र तिनलाई स्वीकार गर्न वा अस्वीकार गर्न स्वतन्त्र हुन्छ । विश्वको सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद होस् वा आज नै प्रकाशित भएको “अमुक” किताव नै किन नहोस् ? दूवै आ-आफ्नो समयका स्मृति र अनुभवको प्रतिविम्ब हुन् । तेसवखतमा स्मृति र अनुभवलाई आजको मान्छेले पढेर कि आफ्नो स्मृतिमा धारण गरेर तेसको बाटो हिड्ने प्रयत्न गर्छ कि लगभग तेसै बखतमा आफ्नै पूर्खाले लेखेका/बोलेका स्मृतिहरूको पूर्वाग्रहमा बाँधिएर स्वीकार/अस्वीकार वा तुलना गर्छ ।

धर्ममा बाँधिएका मान्छेहरू र तिनको समाज आ-आफ्ना पुर्खाहरूका स्मृति र अनुभवहरूको पूर्वाग्रह वा आत्मिक अनुभूतिमा जीउने र अरूलाई समेत बाँच्न प्रेरित गरिरहेको हुन्छ । असलमा हरेक व्यक्तिले धार्मिक, राजनैतिक, सामाजिक, सांस्कृतिक रूपमा आफ्नो व्यक्तित्व “अमुक” व्यक्तिका अनुभूति, स्मृति र अनुभवका अक्षरहरूभित्र परिभाषित गरेको हुन्छ । यसै परिभाषालाई नेपाली, भारतीय, अमेरिकी, आस्तिक, नास्तिकआदि भन्ने गरिन्छ ।

विश्वभरिका धार्मिक व्यक्तिहरू प्राचीन स्मृति तथा अनुभवका वर्तमान वाहक मात्र हुन् । उनीहरूको धार्मिकता बाइबल वा कुरानको पूर्वाग्रहसंग जोडिएको छ । यस्तो पूर्वाग्रहलाई उनीहरू आफ्नो परिचय र अधिकार ठान्छन् । कार्लमार्क्सका अनुभव र स्मृतिका पूर्वाग्रहीहरू मार्क्सवादी हुन् । आदमस्मिथका अक्षरहरूप्रति पूर्वाग्रह राख्नेहरू पूँजीवादी हुन् । वेदहरूप्रति पूर्वाग्रह (आस्थागत) राख्नेहरू वैदिक हुन् आदिआदि ।

आजसम्म कसैले भविष्यको किताव लेखेको छैन । भविष्यमा पनि आफुले प्राप्त गरेका प्राचीन पूर्वाग्रह स्थापित गर्न चाहनेहरू अनन्त छन् । आफ्ना स्मृति र अनुभूतिहरू अक्षरमा रुपान्तरित गरेर भविष्यमा आफ्नै सम्प्रदाय बनोस् भनेर चाहने र तेसअनुसार आफ्ना स्मृतिहरूलाई अक्षरमा रुपान्तरित गरिरहेका पनि अनन्त छन् । भूतकालमा अरूले कुँदेका अक्षरहरूलाई पूर्णरूपमा अस्वीकार गर्ने पनि थुप्रै छन् तर भविष्यको स्मृति र अनुभव कसैले लेख्न सक्दैन । आजसम्म १ खरव मान्छेहरू जन्मिएर मरे तर कसैले पनि भविष्यको लागि अनुभव र स्मृतिका कितावहरू लेख्न सकेन ।

ज्ञान होस् वा अनुभव दूवैको आधार मान्छे हो । पशुले स्मृति, अनुभव र ज्ञानलाई अक्षरमा कुँदेर हामीसम्म पुर्याएको छैन । ज्ञान, अनुभव र स्मृति तिनैबटा सम्पदाहरूको भाग्य भूतकालसंग गाँसिएको छ । हरेक व्यक्ति उसको भूतकालको प्रतिविम्ब हो । जव पनि कितावहरू लेखिने छन्, तेस बखतको मान्छेले आफ्नो भूतकालका स्मृति र अनुभूतिहरूलाई खोजिरहेको हुनेछ । स्मृति र अनुभव जोडेर बुद्धिले भविष्यको कल्पना गर्न सक्छ तर भविष्यको स्मृति लेख्न सक्दैन ।

आजको मितिमा होस् वा भविष्यको कुनै सुदुर मितिमा किन नहोस्, आफ्नो धार्मिक, राजनैतिक, सामाजिक, सांस्कृतिक पूर्वाग्रहबाट मुक्त भएर भविष्यको किताव लेख्ने मानिस भगवान् नै हुने छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट