सोमबार, मंसिर १३ २०७८

सुदूरपश्चिममा बिहानैदेखि वर्षा, देशैभर मौसम बदली



  • नेपालदीप
  • सोमबार, कार्तिक १ २०७८
1.4K
SHARES

काठमाडौं। सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्य बदली छ । कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका १–२ स्थानमा सामान्य वर्षा भइरहेको छ ।

हाल बंगालको खाडी र मध्य भारतमा रहेको तर उत्तरतिर सर्दै गरेको न्यून चापीय रेखा र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट