आइतबार, मंसिर १२ २०७८

टी–२० विश्वकप क्वालिफायरः बंगलादेश माथि स्कटल्याण्डको सानदार जीत



  • नेपालदीप
  • सोमबार, कार्तिक १ २०७८
1.1K
SHARES

एजेन्सी। बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ । टी–२० विश्वकपको क्वालिफायरमा स्कटल्याण्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो।

पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा १४० रन बनाउने क्रममा शकिब अल हसनले १७ रन खर्चेर २ विकेट लिए। अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो १०८ औँ विकेट थियो। शकिब टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने पनि उनले श्रीलंकाका लसिथ मलिंगाको १०७ विकेटको कीर्तिमानलाई उछिनेका हुन्।

स्कटल्याण्डका लागि क्रिस ग्रिभेसले सर्वाधिक ४५ रन बनाए भने ओपनर जर्ज मुन्सेले २९ तथा मार्क वाटले २२ रनको योगदान दिए। बंगलादेशका लागि मेहदी हसनले ३ तथा शकिब र मुस्तफिजुर रहमानले २–२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो। बंगलादेशका लागि मुसफिकुर रहिमले सर्वाधिक ३८ रन बनाए भने कप्तान मोहमदुल्लाहले २३ तथा शकिबले २० रन बनाए। ब्राड वाटले ३ विकेट लिए।यसअघि ओमानले पहिलो खेलमा पपुवा न्यू गिनीलाई १० विकेटले पराजित गरेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट