सोमबार, मंसिर १३ २०७८

साफ उपविजेता टोली नेपाल फर्कियो, खेलकुदमन्त्रीले गरे स्वागत



  • नेपालदीप
  • सोमबार, कार्तिक १ २०७८
1.8K
SHARES

काठमाडौं। साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए।

उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे। साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए।

माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। तर फाइनलमा भारतसाग ३-० ले पराजित हुँदै उपविजेतामा सिमित भयो।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट