बुधबार, मंसिर १५ २०७८

विराटनगर विमानस्थल डुबानमा, सबै उडान स्थगित



  • नेपालदीप
  • बुधबार, कार्तिक ३ २०७८
2.1K
SHARES

विरानगर। लगातारको वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो।

धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन। मंगलबार पनि लगातारको वर्षाका कारण उडान प्रभावित हुँदा सर्वसाधारण यात्रु मर्कामा परेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट