आइतबार, मंसिर १२ २०७८

एन्फाको पहलपछि अलमुताइरी नेपाल फर्किँदै



  • नेपालदीप
  • बुधबार, कार्तिक ३ २०७८
2.2K
SHARES

काठमाडौँ। अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अलमुताइरी नेपाल फर्कन सकारात्मक रहेको बताएका हुन्।

अध्यक्ष शेर्पा र अलमुताइरीबीच बुधबार कतारमा छलफल भएको थियो। छलफलपछि उनी नेपाल फर्कन सकारात्मक देखिएको अध्यक्ष शेर्पाले जानकारी दिए। शेर्पाले सामाजिक सञ्जालमा अलमुताइरीसँग छलफल भएको भन्दै तस्बिर समेत सार्वजनिक गरेका छन्।

यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए। २८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल उपविजेतामै सीमित बनेको थियो। फाइनलमा नेपाललाई भारतले ३-० ले पराजित गरेको थियो।

अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षक गर्न गत वर्ष पठाएको थियो।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट