बुधबार, मंसिर १५ २०७८

पाण्डेलाई मुख्यमन्त्री बनाउन बागमती प्रदेशसभामा गठबन्धनको प्रस्ताव



  • नेपालदीप
  • बिहिबार, कार्तिक ४ २०७८
2.6K
SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका छन् ।

उनले प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी समेतको गठबन्धनबाट पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको जानकारी दिए । ‘हामीले गठबन्धनका तर्फबाट वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट