बुधबार, मंसिर १५ २०७८

मस्तीमा प्रचण्ड: सुकुटेमा बोटिंग गरे, धुलिखेलमा जीपलाइन



  • नेपालदीप
  • शुक्रबार, कार्तिक ५ २०७८
2.7K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बेला बखतमा रमाइलो गर्न रुचाउने नेताका रुपमा परिचित छन्। उनलाई बेलाबेलामा राजनीतिक व्यस्तता चिर्दै रंगरमाइलो गर्ने मन हुन्छ।

युद्धकालमा पनि सेल्टर छोडेर भारतका विभिन्न ठाउँमा घुम्न निस्किने गरेको स्वयम् प्रचण्डले स्वीकारेका छन्। शान्तिकालमा पनि राजनीतिक प्रतिवेदन लेख्न एकान्त ठाउँ खोज्दै उनी रिसोर्ट जान्थे। सिन्धुपाल्चोकस्थित सुकुटेबीचमा पनि उनी गइरहन्छन्। सत्तारुढ गठबन्धन निर्माणमा निर्यायक भूमिका खेलेका प्रचण्ड पछिल्लो समय सरकार विस्तारदेखि आफ्नै पार्टी व्यवस्थापनमा निकै व्यस्त थिए।

लगातारको व्यस्तता चिर्दै प्रचण्ड अहिले परिवारसहित घुमघाम गर्न पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर पश्चिमको भ्रमण गरिरहेको बेला राजनीतिक सक्रियता त्यति नहुने देखेपछि प्रचण्ड घुमफिर गर्न निस्किएका हुन्।

श्रीमती सीता दाहाल, छोरी, ज्वाइँ नाति-नातिनीसहित प्रचण्ड विहीबार साँझ सुकुटे पुगेका थिए। त्यहाँ उनले सुनकोशी नदीमा बोटिङ गरेका थिए। सुकुटेको बसाइ सकेर प्रचण्डले शुक्रबार बिहान धुलिखेलस्थित जिपलाइनको अनुभव लिएका छन्। साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट