बुधबार, मंसिर १५ २०७८

प्रदेश १ का मुख्यमन्त्रीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, आइतबार मतदान हुने



  • नेपालदीप
  • शुक्रबार, कार्तिक ५ २०७८
1.6K
SHARES

काठमाडौँ। प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन्।

मुख्यमन्त्रीको दल वा सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यताअनुसार मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन्। नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेका छन् भने विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी गर्दै आएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट