आइतबार, मंसिर १२ २०७८

कोरोना अपडेट: थप ११ को मृत्यु, ५७४ जनामा संक्रमण पुष्टि



  • नेपालदीप
  • शुक्रबार, कार्तिक ५ २०७८
1.7K
SHARES

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ।

यस्तै २४ घण्टामा ७ हजार २५३ पीसीआर परीक्षणमा थप ५७४ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार १२३ परीक्षणबाट १३४ जनामा पोजिटिभ देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ३७६ परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा थप ९३२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ रहेको छ।

हालसम्म देशभर ४३ लाख ५७ हजार ४७९ नमुनाको पीसीआर परीक्षण भएको छ। क्वारेन्टाइनमा २२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ११ हजार ३३७ रहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट