सोमबार, मंसिर १३ २०७८

पोखरामा ३ जना बालकसँग अप्राकृतिक मैथुन गरिरहेको अवस्थामा क्यानेडियन नागरिक पक्राउ



  • नेपालदीप
  • सोमबार, कार्तिक ८ २०७८
2.1K
SHARES

पोखरा। नेपाल घुम्न आएका एक क्यानेडियन नागरिक पोखराबाट पक्राउ परेका छन्।

बालकहरुलाई अप्राकृतिक मैथुन गराइरहेको अवस्थामा ४४ वर्षीय रोबर्ट किन्क्ली पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।  प्रहरीले शनिबार दिउँसो लेक साइडबाट तीन जना बालकसहित किन्क्लीलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको सूचनाको आधारमा किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनले ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर किन्क्लीमाथी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट