बुधबार, मंसिर १५ २०७८

‘प्रधानन्यायधीश जबरालाई समाप्त पारेर आफू अनुकुल नेतृत्व ल्याउन खोजियो’



  • नेपालदीप
  • सोमबार, कार्तिक ८ २०७८
2.6K
SHARES

काठमाडौँ। अधिवक्ता यज्ञमणि न्यौपानेले न्यायलय भित्र अहिले देखिएको विकृति शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध हिजोको दिनमा राजनीति अदालत भित्र छिरेको कारण सिर्जना भएको बताएका छन्। ओटीभी अनलाइनसँग अन्तर्वार्ता दिँदै न्यौपानेले सो कुरा बताएका हुन्।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई प्रयोग गरेर अहिले समाप्त पार्न खोजिएको पनि दाबी गरे। उनले पूर्व न्यायधीश फोरम र पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ र शुशिल कार्कीले आफू नेतृत्वमा हुँदा जबरा गलत भएको भन्नेथाहा पाउँदा पाउँदै किन मौनता साधियो भनेर पनि प्रश्न गरेका छन्। उनले भने, ‘चोलेन्द्र शमशेरको नेतृत्व ठिक देखिएन। यसले स्वतन्त्र न्यायपालिका तर हिजो अवस्था त्यो देख्दा देख्दै र अहिले समाप्त गर्नु पर्ने चाहिँ राजनीतिक तिकडम हो।’

न्यौपानेले अहिलेको स्थिति जबराका कारण भन्दा पनि आफ्नो पक्षमा फैसला लेखाउन अदालतलाई दबाब दिने राजनीतिक नेतृत्वका कारण आएको पनि बताए। ‘आज जसले प्रश्न गर्यो। हिजो हाम्रो यस्तो फैसला गर्दिनु भन्दै पुरस्कार दिनेहरु होइनन्?,’ उनले भने।

जबरालाई हटाउँदैमा स्वतन्त्र न्यायपालिका अक्षुण राख्न सकिन्छ भन्ने विश्वास नभएको पनि उनले बताए। उनले भने, ‘हिजो उहाँलाई प्रयोग गर्ने, आज उसको प्रयोग समाप्त भयो भनेपछि हिजो आफैँले युज गरेको कुराहरु निकाल्ने, भाग खोज्यो भन्ने, विभिन्न मिडिया प्रयोग गर्ने अनि उसलाई पठाएर फेरी न्यायलय भित्र राजनीति गरेर आफ्नो गोजीको मान्छेलाई नेतृत्व दिने कामले न्यायलयको स्वतन्त्रता बाच्दैन।’

पूर्वन्यायधीश फोरमले अदालत भित्र राजनीति गर्न खोज्नु गम्भीर भएको पनि न्यौपानेले बताए। बहालवाला न्यायधीशलाई अमुक व्यक्तिलाई समर्थन र अर्कोलाई विरोध गर्न पूर्वन्यायधीशहरुले उर्दी जारी गर्नु उचित नभएको उनको भनाइ छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट