आइतबार, मंसिर १२ २०७८

डीआइजी दरबन्दी: ओली सरकारले घटाएको दरबन्दी देउवा सरकारले थप्दै



  • नेपालदीप
  • सोमबार, कार्तिक ८ २०७८
2.3K
SHARES

काठमाडौँ। तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले घटाएको डीआइजीको दरबन्दी अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले थप्ने तयारी गरेको छ। नेपाल प्रहरीमा डीआइजीको दरबन्दी थप्ने प्रस्ताव अघि बढाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय ट्राफिक महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरो, भरतपुर तालिम केन्द्र र प्रहरी प्रधान कार्यालयमा डिआइजीको दरबन्दी थप्न लागिएको हो। केही एसएसपीले पदावधिका कारण डेढ महिनापछि अवकाश पाउन लागेकाले उनीहरूकै लबिङमा दरबन्दी थप्न लागिएको स्रोत बताउँछ।

डेढ वर्षअघि सरकारले प्रहरीमा २६ बाट डिआइजीको दरबन्दी १४ मा झारेको थियो । पछि ओली सरकारले नै पाँच डिआइजीको दरबन्दी थपेको थियो। अहिले फेरि थप्न लागिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दरबन्दी थप्नेबारे आफूले पनि सुनेको, तर त्यस विषयमा विस्तृत जानकारी नभएको बताए। प्रहरी प्रधान कार्यालयभन्दा यसमा गृह मन्त्रालयले नै बढी चासो दिएकाले दरबन्दी थपसम्बन्धी निर्णय हुने प्रबल सम्भावना देखिन्छ।

प्रहरीमा यसअघि पनि पटक–पटक हचुवाको भरमा दरबन्दी थप हुँदै आएको छ। करिब एक वर्षअघि ओली सरकारले विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्न एआइजीको एउटा दरबन्दी थपेको थियो। पछि असारमा ओली सरकारले नै सहकुल थापाका लागि अर्काे एआइजी दरबन्दी थपेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट