सोमबार, मंसिर १३ २०७८

दिनदिनै देशभर चिसो बढ्न थाल्यो, धेरै ठाउँको मौसम बद्ली



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
836
SHARES

काठमाडौँ। देशभर चिसो बढ्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ ।

अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर, बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।

हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेको काठमाण्डाैकाे न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

आज भने १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो सुदूरपश्चिमका केही ठाउँमा भने फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट