बुधबार, मंसिर १५ २०७८

राजीनामा दिएर भाग्ने मान्छे म होइन, चुनौती सामना गर्छु: प्रधानन्यायधीश



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
4.8K
SHARES

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने बताएका छन्। सर्वोच्च अदालतका १४ जना न्यायधीशले इजलास बहिस्कार गर्ने देखि पूर्व प्रधानन्यायाधीशहरु र केहि कानून व्यवसायीहरुले राजीनामा मागिरहेको अवस्थामा प्रधानन्यायाधीश जबराले न्यायलय माथि प्रहार भइरहँदा आफू भाग्ने प्रवृत्तिको नभएको भन्दै राजिनामा नदिने बताएका हुन्।

जबराले अहिलेको परिस्थितिलाई कसरी ट्याकल गर्ने भनेर छलफल भने गरिरहेका छन्। उनिसँग छलफलमा जुटेका परिवारका एक सदस्यले प्रधानन्यायधीश राजीनामा दिने मुडमा नरहेको खुलाएका हुन्। ती आफन्तले प्रधानन्यायधीश जबराको भनाइ उधृत गर्दै भने, ‘म चुनौती देखि भाग्ने मान्छे होइन। संवैधानिक रुपमा मलाई लगाइएका आरोप पुष्टी गरुन। न्यायलय माथि भइरहेको हमलाका बीच राजीनामा दिएर भाग्ने मान्छे म होइन। राजीनामा हुँदैन, जस्तो स्थिति बने पनि सामना गर्छु।’

पछिल्लो समय प्रधानन्यायाधीश जबराले हरेक नियुक्तीमा कार्यपालिकासँग भाग खोजेको भन्ने आरोप अखबारहरुले लगाउने गरेका छन्। तथ्य प्रमाण बिनै पुस्टी हुन् नसक्ने किसिमका आरोपबाट बिचलित भएर राजीनामा दिए न्यायलयमा ठूलो संकट आउने जबराको भनाइ छ।

अदालत बाहिरबाट जबर्दस्त रुपमा मिडिया ट्रायल भइरहेको अवस्थामा प्रधानन्यायधीश राणामाथि थप दबाब सृजना गर्न वरिष्ठ न्यायाधीश दीपक कार्कीको नेतृत्वमा १४ न्यायधीशले इजलास बहिस्कार गर्ने देखि फुलकोर्ट बहिस्कार गरेका छन्। वरिष्ठ न्यायाधीश कार्कीको नेतृत्वमा प्रधानन्यायधीश विरुद्ध चलिरहेको अभियान न्यायपालिकाको बर्खिलाफ भएको नेपाल बार एसोसिएसनले पनि ठहर गरेको छ। बारले प्रधानन्यायधीश जबराको संस्थागत रुपमा राजीनामा अझै मागेको छैन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट