बुधबार, मंसिर १५ २०७८

असन्तुष्ट १४ न्यायधीश प्रधानन्यायधीशसँग छलफलमा



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
969
SHARES

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आन्दोलनरत १४ न्यायाधीशहरुले अहिले छलफल गरिरहेका छन्। सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले मंगलबार राणासँग भेटवार्ता गरिरहेका छन्। मंगलबार पनि राणाले पेशी तोकेका छन्। तर मुद्दाको सुनुवाई भने अनिश्चित छ।

सोमबार संयुक्त विज्ञप्ति निकालेर चार पूर्वप्रधानन्यायाधीशहरुले राणाको राजीनामा माग गरेका थिए। पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्कीले न्यायालयमा अहिलेको समस्याग्रस्त अवस्थामा आउनुमा प्रधानन्यायाधीश राणा जिम्मेवार रहेको भन्दै राजीनामा माग गरेका हुन्।

तर प्रधानन्यायधीशले कसैको प्रभाव र दबाबमा आफूले राजीनामा नदिने प्रष्ट पारेका छन्। उनले आफू विधि र प्रक्रियाबाट आएको भन्दै विधि र प्रक्रियाबाट बाहेक अन्य दबाबबाट आफू नहट्ने स्पष्ट पारेका हुन्। उनले सडकबाट राजीनामा माग्दैमा आफूले नदिने दृणता व्यक्त गरेका छन्।

बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै प्रधानन्यायाधीश जबराले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन्। ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो,’ प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।’

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट