बुधबार, मंसिर १५ २०७८

१४ न्यायधीशलाई राणाको जवाफ: आरोप लागेका सबैसँग सामूहिक राजीनामा दिन तयार छु



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
2.6K
SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा इजलास बहिस्कार गरेर असहयोग गर्ने १४ न्यायधीशसँगको छलफलमा कडा रुपमा प्रस्तुत भएका छन्। प्रधानन्यायधीशलाई राजीनामा दिन आग्रह गरेका न्यायाधीशहरूलाई उनले कडा जवाफ फर्काएका हुन्।

प्रधानन्यायधीश जबराले असार २८ मा जारी गरेको परमादेशमा संलग्न पाँचै न्यायधीशमाथि प्रश्न उठेको भन्दै सबै राजीनामा दिन तयार भए आफूले पनि राजीनामा दिएर सहयोग गर्ने बताएका छन्। उनले अन्यथा यस्ता माग नराख्न न्यायधीशसमक्ष आग्रह गरेका थिए।

स्रोतका अनुसार राणाले न्यायाधीशहरूसँगको भेटमा भने, ‘म माथि मात्र होइन अरु न्यायधीशमाथि पनि प्रश्न उठेको छ। फैसलाको आधारमा राजीनामा दिने हो भने सामुहिक रुपमा राजीनामा दिन म तयार छु। अन्यथा अखबारमा लगाइएका पुष्टी नहुने आरोपकै आधारमा राजिनामा हुँदैन। अप्रमाणित आरोप लाग्दैमा राजीनामा दिने स्थितिले न्यायलयलाई हित गर्दैन।’

राणाले आफ्नो नियुक्ति संवैधानिक विधि र प्रक्रियाबाट भएकोले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए। आफू महाभियोगको लागि तयार भएको पनि उनले बताएका थिए। तर सडकबाट आन्दोलन गर्दैमा आफूले राजीनामा नदिने राणाले आफ्ना सहकर्मीहरु समक्ष स्पष्ट पारेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट