आइतबार, मंसिर १२ २०७८

पाँचथरमा बाढीमा बेपत्ता भएका पुरुषको शव भेटियो



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
1.1K
SHARES

काठमाडौँ। पाँचथरमा वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका फिदिम नगरपालिका–६ का प्रेम आलेको शव भेटिएको छ । उनको शव भेटिएसँगै पाँचथरमा बाढी पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ ।

उनलाई फिदिम–५ मा पर्ने सिवा खोलाले कात्तिक ४ बगाएर बेपत्ता बनाएकाे थियाे। पाँचथरमा पहिरोको कारण अझै तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए  ।

मिक्लाजुङ गाउँपालिकामा बेपत्ता रहेका तीन जनाको खोजीको लागि तालिम प्राप्त कुकुर इलाका प्रहरी कार्यालय रबिमा आइपुगेको विश्वकर्माले जानकारी दिएका छन्  । तालिम प्राप्त कुकुरको सहयोगमा आजदेखि बेपत्ताहरुको खोजी गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट