बुधबार, मंसिर १५ २०७८

राणा कड्केपछि १५ न्यायधीशको मोर्चाबाट केही न्यायधीश ‘ब्याक’ हुने मुडमा



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
1.8K
SHARES

काठमाडौँ। प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा विरुद्ध मोर्चाबन्दी गरिरहेका १५ न्यायधीशको आन्तरिक छलफल बिना निष्कर्ष टुंगिएको छ। बैठक भोलि पनि बस्ने गरि टुंगिएको हो।

बहुमत न्यायधीशले भनेपछि राणाले सहजै राजीनामा दिने अनुमान सहित प्रधानन्यायधीशलाई मंगलबार भेट्न न्यायधीशहरु पुगेका थिए। उनीहरुको अनुमान विपरित प्रधानन्यायधीश राणा कड्केपछि न्यायधीशहरु कसरी अघि बढ्ने भन्ने अन्यौलमा परेका छन्।

स्रोतका अनुसार १५ न्यायधीश बीचमै पनि प्रधानन्यायधीशलाई अहिले नै राजीनामा दिलाउनु पर्छ भन्ने सहमति थिएन। न्यायधीशहरुको आफ्नो आफ्नै राय थियो। यदी आग्रह गर्दैमा छोड्ने भए आग्रह गरौं न भन्ने भावनाले केही न्यायधीश उक्त मोर्चामा सामेल भएका थिए। तर त्यस्तो अनुमान विपरित आफू महाभियोगको लागि तयार भएको जवाफ पाएपछि केही न्यायधीशहरु मोर्चाबाट निस्किन खोजेको स्रोतको दाबी छ।

त्यस्तै, भेटको क्रममा असार २८को फैसलाको वरिपरि आरोप लागेको भन्दै प्रधानन्यायधीशले फैसला गर्ने सबै न्यायधीश राजीनामा दिन तयार भए आफू पनि तयार रहेको जवाफ दिएका थिए। जसले गर्दा १५ न्यायधीशको मोर्चाको नेतृत्व गरिरहेका वरिष्ठ न्यायधीश दिपक कार्की नै हच्किएका छन्। प्रधानन्यायधीश राणाले त्यसो भनिसकेपछि कार्की सहित ४ न्यायधीशलाई नैतिक संकट देखिएको छ। जसले अदालती आन्दोलन यहिँ अन्त्य हुने देखिन्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट