बुधबार, मंसिर १५ २०७८

सर्वोच्चका ट्रेड युनियनहरुको चेतावनी: अहिलेको संकट समाधान गर्न गम्भीर नबने आन्दोलन गर्ने



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
1.2K
SHARES

काठमाडौं। सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनसहित विभिन्न कर्मचारी युनियनहरुले न्यायलयको संकट समाधान गर्न प्रधानन्यायधीश र न्यायधीशहरु गम्भीर नबने आन्दोलन गर्ने चेतावनी दिएका छन्। युनियनहरुले अहिलेको संकटले उपभोक्ताको न्याय पाउने अधिकार कुण्ठित हुने भन्दै छिटो समाधान गर्न आग्रह गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘असोभनीय गतिविधीले न्यायलय थप संकटतर्फ जाने भएको हुँदा अदालत भित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई गम्भीरतापूर्वक अविलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौ अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अधि बढाउन बाध्य हुनेछौ।’

अदालतको गरिमामा आँच आउने किसिमका गतिविधिहरु नगर्न, नबोल्न र नलेख्न पनि कर्मचारी युनियनहरुले अपिल गरेका छन्। विज्ञप्तिमा लेखिएको छ, ‘न्यायलयमा देखिएको समस्याको सहि समाधानका लागि सम्पूर्ण न्यायकम, कानून व्यवसायी न्यायका उपभोक्ता, पत्रकार, नागरिक समाज तथा सरोकारवाला जनसमुदायलाई आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत हार्दिक अपील गर्दछौ।’

प्रधान न्यायाधीश र न्यायाधीशबीचमै असझमदारी बढेका कारण मुद्धाको सुनुवाइ प्रभावित भएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन्। ‘अदालत भित्र देखिएका विकृति विसंगतीका सम्बन्धमा विगत केही दिन देखि प्रधानन्यायाधीश एवं न्यायाधीशहरु बीचमा असमझदारी भई मुद्दाको सुनुवाई नै प्रभावित भएको तथा विभिन्न प पत्रिका अनलाईन समाचार तथा सामाजिक संजालहरूमा जनताको अन्तिम वास्याको केन्द्र न्यायालयको जनआस्था खस्काउने प्रकारका प्रकाशित समाचार तथा सर्वोच्च अदालतमा हालै भैरहेका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

 

 

No description available.

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट