बुधबार, मंसिर १५ २०७८

काँग्रेस र एमाले खुलेरै प्रधानन्यायाधीशको पक्षमा



  • नेपालदीप
  • मंगलबार, कार्तिक ९ २०७८
1.1K
SHARES

काठमाडौं, ९ कात्तिक । नेपाली काँग्रेस रनेकपा एमाले प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएका छन। आन्दोलन गरेर प्रधानन्यायधीश फेर्ने गलत संस्कार बस्ने भन्दै काँग्रेस राजीनामाको विपक्षमा उभिएको हो ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । उनले सोमबार गठबन्धन दलका शिर्ष नेतालाई बालुवाटारमा डाकेर आफ्नो धारणा स्पष्ट राखिसकेका छन् । काँग्रेस निकट कानुन व्यवसायीहरु भने यसबारे मौन या राजीनामाको विपक्षमा छन् ।

उता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायधीशले मात्र किन? अरु न्यायधीशले पनि राजीनामा दिनुस् भन्दै वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले राजीनामा दिन सुझाव दिएका छन्। प्रधानन्यायधीशलाईमात्र राजीनामा दिन लगाउने या महाअभियोग लगाउने काम नेकपा एमालेले गर्दैन भन्दै ओलीले प्रधानन्यायधीशलाई बचाउ गरेका छन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट