बुधबार, मंसिर १५ २०७८

काठमाडौँमा चिसो बढ्यो,आज न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
1.8K
SHARES

काठमाडौँ। काठमाडौँको  न्यूनतम तापक्रम आज झण्डै १ डिग्री सेल्सियसले घटेको छ । हिजो १४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

चिसो सुरु भएकाले अब देशभरकै न्यूनतम तापक्रम घट्दै जाने छ । अहिले काठमाडौँसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । केही दिनदेखि पहाडी जिल्लामा पारिलो घाम लागेको छैन । पर्सिदेखि भने मौसम सफा भइ पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए  ।

उनकाअनुसार आज तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने छ । स्थानीय वायुको प्रभावका कारण देशका केही ठाउँमा बादल लागे पनि पानी पर्ने सम्भावना खासै नरहेको उनले बताए। पानी परिहाले पनि फाट्टफुट्ट मात्र पर्ने मौसमविद्ले बताएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट