सोमबार, मंसिर १३ २०७८

आज बागमती प्रदेशमा विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
1.1K
SHARES

काठमाडौं। बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमाथि आज प्रदेश सभामा आज मत विभाजन हुने भएको छ।

मुख्यमन्त्री शाक्यले कात्तिक ४ गते विश्वासको मतको प्रस्ताव प्रदेश सभामा टेबुल गरेकी थिइन्। त्यसमाथि मत विभाजन गर्न आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। यसको तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री शाक्यको प्रस्तावमा मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको छ। त्यस्तै, छुट्टाछुट्टै कर्मचारी पनि खटाइने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

यसअघि सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए। आज भने प्रदेश सभामा मत विभाजन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

११० सदस्यीय बाग्मती प्रदेश सभामा अहिले १०९ सदस्य छन्। बहुमतका लागि ५५ सदस्य चाहिन्छन्। अहिले मुख्यमन्त्री शाक्यको पक्षमा नेकपा (एमाले)का ४३ सांसद मात्रै छन्।

विपक्षी गठबन्धनमा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।

बहुमत सांसद रहेको विपक्षी गठबन्धनले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट