बुधबार, मंसिर १५ २०७८

जब्बर जबरा: आज एक्लै मुद्धा हेरे, राजीनामा नदिने चट्टानी अडानमा यथावत !



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
2.4K
SHARES

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज एक्लै मुद्धा हेरेका छन्। सहकर्मी न्यायधीशहरुको अस्वाभाविक घेराबन्दीमा परेका प्रधानन्यायधीश जबराले बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका थिए। त्यहीमध्ये आफ्नो एकल इजलासबाट उनले उक्त पाँच मुद्दाको आदेश जारी गरेका हुन्। ​जबराले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका हुन्। उनले न्यायबाट कोही बन्चित नहुने भन्दै भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए।

जबराले आफूसहित दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भर श्रेष्ठ लगायत पाँच जनाको पूर्ण इजलास तोकेका थिए। तर संवैधानिक इजलास भने अरू न्यायाधीश प्रधानन्यायाधीशबारे धारणा बनाउन छलफल गर्न जुटेकाले बस्न सकेन। उनीहरूले हिजो प्रधानन्यायाधीशको राजीनामा माग गरेका थिए।

बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै उनले आफूले मुद्धा हेर्न नछोड्ने बताएका छन्। उनले आफ्नो कुरा भोलि राख्ने पनि बताए। उनले भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु।’

बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए। ‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु,’ राणाले भने।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट