बुधबार, मंसिर १५ २०७८

आज नेप्से १८ अङ्कले बढ्यो



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
1.1K
SHARES

काठमाडौँ। शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ अङ्कले बढेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले बढेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेको छ ।

आज होटल, विकास बैंक, हाइड्रो र निर्माणबाहेक सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै तीन सय १७ अङ्कले बढेको छ ।

यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अङ्कले, माइक्रोफाइनान्सको ५८, व्यापारको २३, अन्यको २२ र बैंकिङ समूहको शेयर १३ अङ्कले बढेको छ ।

आज दुई सय २८ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज बेस्ट फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले बढेको छ । आज एभरेस्ट बैंक लिमिटेडको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट