बुधबार, मंसिर १५ २०७८

अष्ट्रेलियाले नागरिकमाथि लगाएको यात्रा सम्बन्धी प्रतिबन्ध हटाउने



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
1.1K
SHARES

काठमाडौँ। अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकमाथि लगाएको यात्राको प्रतिबन्ध हटाउने भएको छ ।

कोरोना महामारीका कारण अनुमति बिना अष्ट्रेलियाबाट अर्को देश जानका लागि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो हप्तादेखि हटाइने त्यहाँको सरकारले जनाएको छ । आउँदो नोभेम्बर १ तारिखदेखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरुको हकमा भने प्रतिबन्ध हट्ने छैन ।

यस्तै सन् २०२१ को अन्तसम्ममा विदेशी दक्ष कामदारलाई स्वागत गर्ने तयारीमा आफूहरु रहेको पनि अष्ट्रेलियाले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट