सोमबार, मंसिर १३ २०७८

वैदिक सृष्टि मीमांसा : यमराज



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
1.9K
SHARES

ऋग्वेदमा यम एउटा प्रमुख देवता हुन् जसले विश्वका प्राणीहरूको प्राण हरण गरेर मृत्यु दिन्छन् । मृत्यु जीवनको सबैभन्दा अप्रिय तर अनिवार्य सत्य हो । विश्वमा मृत्यु नहुने कुनै प्राणी छैन तर मृत्यु कसैले पनि चाहन्न । जन्म, मृत्यु जरा, व्याधि र बृद्धावस्था जीवनका अनिवार्य सत्य हुन् । असलमा, यम शब्दको शाब्दिक अर्थ “नियमन” हो जुन अष्टांगिक योगको पहिलो खुड्किला पनि हो । जसले आफुलाई नियमन गर्न सक्दैन अर्थात् भौतिक, मानसिक तथा आध्यात्मिक यममा स्थित रहन सक्दैन, तेस्तो व्यक्ति मयराजको हातमा पर्छ ।

यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुभ्बर, दघ्न, नील, परमेष्ठी, वृकोदर, चित्र तथा चित्रगुप्त – यी चौधबटा नाम छन् । वेदमा यी सबै नाम उल्लेख छन् जसको सम्वन्ध जीवनको मृत्युसंग छ । सामान्यतया भगवान् शङ्करलाई महाकाल भनिएको छ तर दक्षिण दिशाका दिग्पालको रूपमा यमराजले नै सम्पूर्ण प्राणीहरूको प्राणलाई कर्मफल अनुसार आहरण गर्छन् ।

कसको मृत्यु कसरी र कहाँ हुन्छ ? कसैले पनि जान्न सकेको छैन । प्राणी मात्र मर्छन् वा मारिन्छन् ? भन्ने सोच्नुभएको छ भने गलत हुनुहुन्छ । आत्माको मृत्यु हुँदैन । जडतत्वसंग आत्मतत्व जोदिंदा प्राणी बन्छ । जडतत्वसंगको संयोगलाई कर्मअनुसार मृत्युले तोड्ने काम गर्छन् । कालका रूपमा यमराजले जन्म र मृत्यु दुवै विभागको नेतृत्व गर्छन् भने कालतत्वझैं अजरअमर आत्मतत्वलाई यमराजले मार्न सक्दैनन् । एस्तो आत्मतत्वले जडतत्वको साथ रहंदा गरेका यम, नियमले जडतत्वसंगको संयोग र वियोग निर्धारित हुन्छ । काल, कर्म र जड-चेतनतत्वको यो संयोग र वियोगलाई बुझ्नेहरू निर्भय हुन्छन् । यिनै निर्भयहरू ऋषि, मुनि तथा आप्तपुरुष हुन्छन् । वेदका अनुसार यम आप्तपुरुष हुन् जसले विश्वलाई नियम गर्छन् ।

वेदमा यमराजको निकै चर्चा गरिएको छ भने यमराजका सम्वन्धमा १४५ बटा सूक्तहरू छन् । वेदहरूमा यम स्वतन्त्र देवता हुन् तर पुराणहरूमा यमलाई सूर्य तथा छायाका सन्तान भनिएको छ । उपनिषद्हरूले यमलाई धर्मराज पनि भनिएको छ । पुराणहरूले यमराजका रूपमा पापीहरूलाई दण्डित गर्ने र धर्मराजका रूपमा पुण्यकर्म गरेका जीवलाई तिनको कर्मअनुसार शुभ फलको व्यबस्था गर्छन् । उनकी वहिनी यमुना हुन् भने रागो उनको वाहन हो ।

उपनिषद्का प्रसिद्ध ऋषि उद्दलक स्वेतकेतुलाई यिनै यमले परमतत्वको उपदेश उपदेश दिएका थिए भने युधिष्ठिरलाई धर्मराजकै अवतार मानिन्छ । वैदिक प्रसंगहरूको विशेषता के हो भने यहाँ मृत्युबाट उपदेश प्राप्त गर्ने, मृत्युलाई जित्ने र मृत्युलाई आफ्नो सेवक बनाएका अनेकौं उदाहरणहरू छन् । विश्वको कुनै पनि साहित्य तथा लोककथामा एस्ता प्रसंगहरू पाइन्नन् । पतिव्रता सावित्रीले मृत्युलाई जितेर आफ्ना पति सत्यदेवको पुनर्जीवन प्राप्त गरेकी थिइन् ।

मृत्युका मुखमा परेका स्वेतकेतुले यमराजबाट आत्मसाक्षात्कार गरेका थिए । हनुमान, विभिषण इत्यादि आठबटा व्यक्तित्व मृत्युन्जय हुन् । ध्रुवले आफ्नोअसल आचरणका कारण मृत्युलाई आफ्नो सिंडी बनायेका थिए भने प्रसिद्ध ऋषि मार्कंन्डेयले भगवान शिवको आराधना गरेर मृत्युउपर विजय प्राप्त गरेका थिए । रावणजस्ता महाप्रतापी राजाले यमराजलाई आफ्नो सेवक बनाएका थिए भने भीष्मपितामहजस्ता तपस्वीहरूले मृत्युलाई आफ्नो इच्छामा राखेका थिए ।

असलमा, मृत्यु भएको काल अर्थात् समय हो । समय सधैं गतिशील छ, समय परे पनि समय नै छ । भौतिक शास्त्री स्टिफन हकिंसले समयलाई जित्न सकिने, मोड्न सकिने र थाम्न सकिने भनेका छन् । यदि भौतिकशास्त्रीको यो भनाईलाई मान्ने हो भने सावित्री मृत्युजीत हुन् । मार्कंन्डेयले समयको सीमा चिनेका थिए, भीष्मपितामहले काललाई आफ्नो इच्छामा घुमाउन सकेको तथा रावणले “काल”लाई आफ्नो सुविधाअनुसार प्रयोग गर्न सकेको पनि सत्य नै ठहरिन्छ ।

भगवान् श्रीकृष्णले आफ्ना विभूतिहरूमा काल”लाई समावेश गरेका छन् र कलयता अर्थात् बिछोड र संयोगको प्रमुख कारकको रूपमा चिन्हित गरेका छन् । जेहोस्, काल, समय (time) एउटा अवछिन्न मानसिक अवस्था र व्यबस्था हो जुन हरेक परिवर्तनको साक्षी हुन्छ । महाकालका रूपमा विश्वब्राह्मणको उद्गम, विकास तर विनाशको साक्षी रहिरहन्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट