बुधबार, मंसिर १५ २०७८

मुख्यमन्त्री दाबी गर्न बागमती प्रदेश प्रमुखद्वारा आह्वान



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
1.2K
SHARES

मकवानपुर। बाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन्।बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेक हुन्।

शर्माले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि कात्तिक ११ गते बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेको प्रवक्ता कृष्ण आचार्यले जानकारी दिए।

वाग्मतीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी र जसपाले आन्तरिक तयारी गरिसकेका छन्। उनीहरु बुधबार साँझ नै केही बेरमा दावी पेश गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जानेछन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट