बुधबार, मंसिर १५ २०७८

दिवंगत पूर्वन्यायाधीश लम्सालको शोकमा आज कुनै पनि सुनुवाई नहुने



  • नेपालदीप
  • बिहिबार, कार्तिक ११ २०७८
2K
SHARES

काठमाडौँ। सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाई नहुने भएको छ। सर्वोच्चका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएका कारणले शोक मनाउन आज कुनै पनि बेञ्च नबस्ने भएको हो।

लम्सालको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो। स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएका छन्। उनी लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन्। लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट