बुधबार, मंसिर १५ २०७८

संघियता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव विवेकशीलमा बहुमतले पारित



  • नेपालदीप
  • बिहिबार, कार्तिक ११ २०७८
4.8K
SHARES

काठमाडौँ। विवेकशील साझा पार्टीले संघियता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव दुई तिहाई मतले पारित गरेको छ। केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले केही समय अघि सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई आधिकारिक रुपमा अंगिकार गर्ने निर्णय गरेको हो।

बिहीबार  भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले उक्त दस्तावेज पारित भएको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मिश्रले संघियता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ।

आजको बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई अब तुरून्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

आजको  बैठकमा विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह भने सहभागी थिएन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट