बुधबार, मंसिर १५ २०७८

बाग्मतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए मन्त्रीको शपथ



  • नेपालदीप
  • बिहिबार, कार्तिक ११ २०७८
2K
SHARES

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बाग्मती संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान र नेकपा (एस) कृष्णप्रसाद शर्माले मन्त्री पदको शपथ लिएका छन्। भँडेललाई भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट