बुधबार, मंसिर १५ २०७८

भारत, बेलायत र अमेरिकाको लागि राजदूत सिफारिस



  • नेपालदीप
  • बिहिबार, कार्तिक ११ २०७८
2K
SHARES

काठमाडौँ। सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन ‘हेभीवेट’ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन्। यसैगरी आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। उनी पूर्व प्रधानमन्त्री माधव नेपालका आर्थिक सल्लाहकार पनि भएका थिए।

राजदूत नियुक्ति सन्दर्भमा गठबन्धनका नेताहरुबीच छलफल हुँदा माओवादी र एकीकृत समाजवादीका नेताहरुले खाली रहेका सबै राजदूत एकैपटक सिफारिस गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर देउवाले बेलायत भ्रमणमा जानुअघि शक्तिराष्ट्रका रुपमा चिनिने भारत, अमेरिका र बेलायतका राजदूतमात्रै पहिलो चरणमा नियुक्त गर्न सुझाएपछि बाँकी राजदूत नियुक्त नगरिएकाे एक नेताले बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट