बिहिबार, माघ १३ २०७८

संकटकाल लगाउने तयारीमा ओली



  • नेपालदीप
  • बुधबार, फाल्गुन २१ २०७६
38.5K
SHARES

काठमाडौँ । केहि दिन अघिमात्रै मिर्गौला प्रत्याराेपण गरेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकाल लगाउने तयारी गर्नुभएको छ । आफुले नेतृत्व गरिरहेकाे पार्टीपनि आन्तरिक किचलोमा परिरहेका बेला ओलीले एकाएक संकटकालकाे घाेषणा गर्ने तयारीमा रहनुभएकाे हाे । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) ले नेपाललाई पनि बिस्तारै आक्रान्त पार्ने सम्भावना बढेको छ ।

मै हुँ भन्ने विश्वका विकसित देशहरू नै कोरोना संक्रमणको चपेटामा परिरहेका बेला नेपालमापनि केहिलाई सक्रमण भए जताततै फैलन सक्ने सम्भावना धेरै देखिन्छ । संक्रमित भएका बिरामीलाई पनि औषधी उपचार गर्ने भरपर्दो अस्पतालहरु नभएको अबस्थामा के गर्ने भन्ने  बिषयमा ओली सल्लाहा गरिरहनुभएको बिषेश सुत्रले जानकारी दिएको छ ।

कोरोना विरुद्धको भ्याक्सिन मानिसमा परिक्षण गर्न सुरु गरिएपनि त्यसको नतिजा कस्तो आउने हो रु कहिलेसम्म त्यो कोरोना प्रभावितलाई उपलब्ध हुन सक्छ यि प्रश्नको उत्तर अहिलेसम्म अनुत्तरित नै छन् । अहिलेसम्म नेपालभित्र एक जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि नेपालभित्र कोरोनाको प्रभाव देखिएको छैन् । यस्तोमा अहिलेसम्म नेपालमा कसैलाई कोरोना संक्रमणको पुष्टि नभएपनि बजारमा माक्स लगायतका बस्तुको कालोबजारी जारी छ भने उपभोग्य बस्तुको अभाव देखिएको छ । सरकारले आपूर्ति सहज भएको जतिसुकै दावी गरेपनि उपभोक्ताले सहज तरिकाले उपभोग्य बस्तु पाउन सकेका छैनन् ।

कोरोनाको चपेटामा परेका विश्वका अन्य मुलुकमा रहेका नेपाली नेपाल फर्किने क्रम पनि बढेको देखिएको छ । यस्तोमा नेपालमा कोरोना संक्रमण फैलनसक्ने अवस्था रहेको भन्दै ‘स्वास्थ संकटकाल’ को तयारीमा जुटेको सार्वजनिक भएको छ । कोरोनाको महामारी यत्तिकै रह्यो भने छिट्टै नै स्वास्थ संकटकालको घोषणा गर्न सरकारले गृहकार्य थालेको बताइन्छ । विकासोन्मुख देशमा कोरोना फैलिए नियन्त्रण गर्न अत्यन्तै कठिन हुने विश्वस्वास्थ संगठनको सुझाव मुताविक नै सरकार स्वास्थ संकटकालको तयारीमा लागेको बुझिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार