बुधबार, माघ ५ २०७८

हरिहर संस्कृतिको अन्तरवस्तु



  • नेपालदीप
  • शुक्रबार, कार्तिक १२ २०७८
3.1K
SHARES

मिति २०७८/८/२ का दिन ललितपुरको चामुण्डा मन्दिरमा दर्शनगर्ने क्रममा हरिहरको मूर्तिको दर्शन गरियो ।हरिहर अर्थात् भगवान् विष्णु र भगवान् शिव एकै मूर्तिमा आधाआधा नभएको प्रतिमा ।केही अतिवादी वैष्णव र शैवहरूले विष्णु र शिवलाई फरकफरक ठान्छन् र यही आधारमा शैवले वैष्णवलाई र वैष्णवले शैवलाई होच्याउने गर्छन् ।हरिहरको यो विग्रहले सत्य साझा हुन्छ भन्ने संदेश दिन्छ भने समाजको समावेशी चिन्तनको प्रतिनिधित्व गर्छ ।उपत्यकामा यस्ता अनेकौं विग्रहहरू छन् जसले नेपाली समाजको वैचारिक उदारतालाई प्रकट गर्छ ।  एकेश्वरवादी (इसाई तथा मुस्लिम) समाजमा एस्तो सोच्नु पनि अपराध हुन्छ ।खै, हाम्रो समाजले यो वैचारिक उदात्तता बुझेको ?

समावेशी संस्कृति, समाज र चिन्तन नेपालीको आत्मा हो ।समावेशी कस्तो हुनुपर्छ भनेर हामीले विश्वलाई सिकाउने खुवी राख्छौं ।समावेशीपनको आरम्भ समावेशी चिन्तनबाट हुन्छ ।यदि चिन्तन वा सिद्धान्तमा नै समावेशीपन छैन भने सम्वेशी संस्कृति, धर्म, दर्शन र समाजको कुनै सम्भावना छैन ।एकलकाटे संस्कृतिका वाहकहरूले समावेशीपन र समावेशीकरणको मारम नै बुझेका हुँदैनन् ।

समावेशीपन र समावेशीकरण करणको पहिलो चिन्तन ऋग्वेदमा उपलब्ध छ जसले “सहना ववतु” अर्थात् हानी सबै संगै हौँ भनेर उद्घोष गर्छ ।यही उद्घोषलाई पुन: चिन्तन र व्यावहारको तहमा संथागत गर्न ऋग्वेद मै सम्गच्छध्वं, संवदध्वं” अर्थात् सबै संगै जाऔँ र सधैं सम्बाद गरौँ भनेर स्थापित गरिएको छ ।धेरै ठाउँमा “समानि” अर्थात् सबैसंग समान हुनुपर्छ भन्ने शब्द ऋग्वेदमा २७ पटक आएको छ ।

यही “समानि” शब्दनै नेपाली (वैदिक, जैन तथा बौद्ध संस्कृतिको) समावेशी समाजको सूत्राधार हो ।व्यक्ति-व्यक्तिको मन जोड्ने यो सूत्रले (समानम् मन: सह चित्त) भारतवर्षमा विकसित भएका, घुमंतेका रूपमा फरकफरक कालखण्डमा भारतवर्ष (नेपालमा) छिरेका र आक्रमणकारीका रूपमा नेपाल आएका तर यहीं निवास गरेका सबै मिलेर वस्न सकेका हुन् ।आधुनिक नेपालको ज्ञात इतिहास लगभग ई.पू. ३५०० वर्षबाट आरम्भ भएको मानिन्छ ।तेसै बखतदेखि नेपाली समाज समावेशी छ ।

विदेशी धार्मिक समूह (इसाई र मुसलमान) नेपालमा प्रवेश गर्नु पूर्व यहाँ स्मार्त, शाक्त, वैष्णव, गाणपत्य तथा सौर्य सम्प्रदायहरू सहित कुनै पनि वैदिक चिन्तनसंग असंलग्न संस्कृतिहरु नेपालमा अस्तित्वशील थिए ।एकआपसमा तत्व (ईश्वर, आत्मा, जीव, स्वर्ग, नर्क. पाप तथा पुण्य) आराधना तथा ज्ञानको स्वरूपका विषयमा मतभेद भए पनि सामाजिक, साँस्कृतिक तथा सहअस्तित्वमा केही समस्या थिएन ।हरेक व्यक्ति आफ्नो साधना गर्दै अर्काको सम्मान गर्थ्यो ।आज पनि नेपाली समाज एस्तै छ ।

चिन्तनको तहमा समावेशी चिन्तनको अवधारण ऋग्वेदबाट आरम्भ हुन्छ र ऋग्वेदमै एकै शरीरका फरकफरक अंगका रूपमा समाजलाई बुझ्नु (ब्राहणस्य मुखमा आसिद्,,) र सबैको कर्मअनुसारको पहिचान सुरक्षित गर्नु यसको बलियो उदाहरण हो ।एकलकाटे संस्कृतिमा हुर्नेका (इसाई र मुस्लिम)हरूले यसको जे-जस्तो अनर्थ गरूँन् तर समाजको हरेक व्यक्तिलाई समाजकै विशिष्ट अंग मान्नुनै समावेशीकरणको पहिलो दिगो खुड्किलो हो ।यो यही चिन्तनले गर्दा आजको मितिमा पनि भारतीय उपमहाद्वीपमा ७७८ बटा जातजातिहरू, भाषाहरू र संस्कृति जीवित छन् ।

चिन्तनको तहमा स्थायित्व प्राप्त गरेपछि वैदिक सम्वेशीकरणले कसरी व्याबहारिक रूप धारण गर्यो भनेर बुझ्न उपासना पद्धतिहरु बुझ्नुपर्छ ।समावेशी समाजको पहिलो व्याबहारिक रूपान्तरण पंचायन (विष्णु, शिव, शक्ति, गणेश र सूर्य) उप्सनाबाट हुन्छ ।जसले जुन देवतालाई प्रमुख ठान्छ उसले उसैलाई प्रमुख मानेर उपासना गर्छ ।अन्यले उसको आलोचना गर्दैनन् बरू मान्यता दिन्छन् । यही मान्यताका कारणले उपरोक्त मूलउपासनामा आधारित अनेकौं उपसम्प्रदायहरु विकसित भए ।जैन तथा बौद्धलाई पनि वैदिकहरूले आफुभित्र समावेश गरे ।इसाई र मुस्लिमको एकलकाटे चिन्तन (असमावेशी)बाट प्रभावित भएका हिन्दू, बौद्ध र जैनहरूले यो सत्यलाई पचाउन सकिरहेका छैनन् ।

वर्तमान नेपालको सीमानाभित्र १३१ बटा जातजाति र भाषाभाषीहरूको अस्तित्व पहिचान गरिएको छ ।यो हामी सबै नेपालीको लागि गौरवको कुरा हो तर प्राकृतिक समावेसी चरित्रभएका नेपाली जातजातिलाई पश्चिमा दृष्टिकोणको (हामी फरक हौँ, हाम्रो पहिचान प्रमुख कुरा हो, अरूको पहिचान मेटाएर हामी स्थापित हुनैपर्छ भन्ने एकलकाटे चिन्तन) स्थापित गर्ने प्रयन्त हुँदा नेपाली समाजमा एकआपसी सद्भाव विग्रेको छ ।पश्चिमा पद्धतिको समावेशीकरण जवर्जस्ती लादिंदा सामाजिक सद्भाव खल्वलिएको छ ।

यदि हिन्दूहरूले बुद्ध र महावीरलाई ईश्वरको अवतार ठानेर सम्मान गर्छन् भने यो सोच ऋग्वेदबाट प्राप्त भएको “समानि”को निरन्तरता हो ।आज वैदिक समाज धार्मिक कट्टरतातिर उन्मुख हुँदै छ किनभने एकलकाटे (ईसाई र मुस्लिम) संस्कृतिमा हुर्केकाहरुले नेपालीहरूई नक्कली समावेशीकरणका सिद्धान्तहरु सिकाइरहेका छन् ।हरिहरको आराधना गर्ने, बूढानीलकण्ठको आराधना गर्ने, योनि मुद्रामा बुद्धलाई विराजमान गराउने, बौद्ध (शाक्य) कन्यालाई आराध्यदेवीका रूपमा उपासना गर्ने, भैरव, सरस्वती, गणेशलाई सहदेवताका रूपमा आराधना गर्ने समाज कसरी असमवेशी हुन्छ ? विदेशी’मूलको समावेशी सिद्धान्तलाई नेपाली समावेशीकरण ठान्नेहरूले जवाफ दिने छैनन् ? किनभने उनीहरूका चिन्तनमा विकल्प नामको कुनै चिंगारी नै छैन ।

हरिहर, बूढानीलकण्ठ, मुक्तिनाथ, जीवित कुमारी, गणेश, भैरव, संस्कृत भाषा यी सबै नेपाली समाजका प्राकृतिक समावेशीपनका जीवन्त उदाहरण हुन् ।आज पनि हाम्रो समाजले यो समावेशीपनको पालन गरिनेरहेको छ । जेहोस्, भगवान् हरिहरले हामी सबैको कल्याण गरुन् र विखण्डवादी समावेशीकरणबाट नेपाली समाजलाई रक्षा गरुन् ।(आर्थिक समावेशीकरणमा भने मेरो पूर्णसहमति छ)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट