बुधबार, माघ ५ २०७८

घर निर्माणमा स्थानीय प्रविधिको अवहेलना किन ?



  • नेपालदीप
  • सोमबार, कार्तिक १५ २०७८
3K
SHARES

यो पाटनको श्रीकृष्ण मन्दिर हो । यो मन्दिर बनाउने प्राविधिकहरू त्रिविविका इंजिनियारिंग क्याम्पसबाट इन्जिनियर पढेका थिएनन् । काठमाडौंका कुनै पनि प्राचीन मन्दिर/पाटी पौवा बनाउनेहरु अक्सफोर्डबाट इन्जिनियरिंग पढेका थिएनन् । त्यैपनि सयौं वर्षदेखिका मन्दिरहरू खडानै छन् । यस्तो दीगो संरचना बनाउने प्राचीन वास्तुकला खोज्ने पढाउनेतिर हाम्रा विविविलाई कसले र किन रोकेको छ ?
आधुनिकताका नाममा सिमेन्ट र फलामको भारि बोकाउने प्रविधि भन्दा स्थानीय निर्माण सामाग्री प्रयोग गरेर घर बनाउंदा किन महँगो ? स्थानीय निर्माण सामग्री महँगो हुनु अच्चम्म होईन र ? जव कि विश्वभरी नै स्थानीय वस्तु प्रयोग गर्दा निर्माणकार्य सस्तो हुन्छ । नेपालमा स्थानीय प्रविधिलाई महँगो बनाउने को हुन् ? आधुनिक निर्माण सामग्रीको प्रयोग गर्दा धेरै कमिसन आउने लोभले होला कुनै पनि इन्जिनियर साहवहरुले स्थानीय निर्माण सामग्री परयोग गर्ने गरी डिजाइन नै बनाउन मान्दैनन् ।

युकेमा अक्सफोर्ड विविमा इन्जिनिरिंग विभाग खोलेर त्यो विश्वविद्यालय बनेको थिएन न काठमाण्डौ उपत्यकामा पुल्चोक क्याम्पस बनेपछि नै मानववस्ती बसेको होइन । विगत ३५०० वर्षभन्दा पुरानो समय देखि यहाँ मान्छे बस्छन् र भूइचालो पनि जान्छ , मान्छेहरु घर बनाएर नै वसेका थिए । आज पनि प्राचीन निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाएका घरहरू (कुनै कुनै त पांचसय वर्ष पुराना पनि छन्) गौरवका साथ उभिएका नै छन् । ठुलाठूला व्यापारिक मलका विषयमा त आधुनिक निर्माण प्रक्रिया र सामग्री प्रयोग हुनु उचित हुन्छ तर सबैलाई सिमेन्ट, फलामको भारी बोकाएर चलायमान हुने अर्थतन्त्रलाई घरमा सिमीत गर्नु उचित हुँदैन ।

म इन्जिनियर होइन तर मलाई स्थानीय सामग्री र स्थानीय प्रविधिले निर्माण भएको/गरेको घरमा वस्न मन छ । सिमेन्ट र फलामले बनेका घरहरुलाई मात्र “घर”को मान्यता दिने सरकार, नीतिनिर्माता र इन्जिनियरहरुसंग मेरो प्रश्न छ “के स्थानीय सीप, सामग्री र प्रविधिबाट निर्माण गरेका घरहरू बस्ने नहुने हुन्छन् ? के सिमेन्ट र फलामबाट बनेका घरमा वस्ने मान्छेहरू १००% सुरक्षित हुने सरकारले ग्यारेन्टी लिन्छ ? होइन भने मैले आफ्नो मौलिक सामग्री, सीप र साधन प्रयोग गरेर बनाएको घरलाई सरकारले “घर”को मान्यता दिनुपर्छ।

न सबै थोक पुरानो ठीक हुन्छ न नयाँ नै सम्पूर्ण हुन्छ तर पुरानोको जगमा नयाँ खडा हुन्छ । मानवीय सुरक्षाको लागि नयाँ स्वीकार्नु स्वभाविक हो तर यदि नयाँले केवल मान्छेलाई मात्र हित गर्छ र प्रकृतिलाई ध्वस्त पार्छ भने प्रकृतिको अंग भएको नाताले प्रकृतिलाई नै अपाउनु पर्छ । विज्ञान पुरानो र नयाँ हुँदैन । नेपालका प्राचीन घरहरू नेपालीले हजारौं वर्षको रहनसहन र अनुभवले निर्माण गरेका हुन् । आधुनिक विज्ञानले नेपाल र नेपाली सुहाउँदो घरहरूको डिजाइन उनुमति प्रदान गर्नुपर्छ । काठमान्डौ लगायतका ठाउँहरूले जसरी प्राकृतिक सान्दर्भिकता गुमाउँदै छन्, तेसले सबैको मन रुन्छ । यदि अहिले ठडिएका सिमेन्टहरू रैथाने हुन्थे भने एस्तो अस्तव्यस्त हुने थिएन । हाम्रा विज्ञहरू यहाँ चुकेका छन् । मैले रैथाने सामग्री प्रयोग गरेर घर बनाउँछु भन्दा पहिलो सरकारले अनुमति दिएन । दोश्रो, यो निकै महँगो पर्ने देखियो । तेस्रो निर्माण गर्ने दक्ष जनशक्ति भेट्न गारो भो । यो सबै हाम्रो नीतिले निम्त्याएको नमिठो अवस्था हो । कालान्तरमा नेपालको आफ्नो रैथाने निर्माण सीप सधैंका लागि लोप हुने छ । तेस वखत हामीसंग आफ्नो सीप नै रहने छैन ।

मैले विदेश भ्रमणका क्रममा ७ सय वर्ष पुराना घरहरूलाई पनि इन्जिनियरहरूले तत्कालीन प्रविधिकै वस्तु प्रयोग गरेर पुननिर्माण गरेको देखें र नेपालमा पनि केही प्राचीन स्मारकहरू पुरानै विधि प्रयोग गरेर पुननिर्माण गरिंदैछन् । तर मान्छे बस्ने घरहरूका सवालमा नेपालीको रैथाने प्रविधिलाई तिलान्जली दिन बाध्य बनाउने आधुनिक प्रविधि नै उचित हो भन्न सकिन्न । नेपालका प्राचीन भवनहरूमा आजकै माटो, ढुंगा र काठहरूको प्रयोग भएको छ । यी वस्तुहरू (काठ बाहेक) सजिलै प्राप्त गर्न सकिन्छ । मेरो प्रश्न फेरी पनि, नेपालको रैथाने निर्माण सामग्री र रैथाने सीप प्रयोग गरेर बनाउन सकिने घरहरुलाई किन र के कारणले अपहेलित गरिंदै छ ?

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट