बुधबार, मंसिर १५ २०७८

गौरीघाटबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)



  • नेपालदीप
  • बुधबार, कार्तिक २४ २०७८
1.9K
SHARES

काठमाडौँ। यस वर्ष बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ। विशेष गरि काठमाडौँ लगायत तराईका जिल्लामा नदी, तलाउ तथा जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।

यसैबीच काठमाडौँ पनि छठमय बनेको छ। केही वर्ष देखि काठमाडौँमा पनि विधिवत रुपमा नै छठ मनाउन थालिएको छ। काठमाडौं उपत्यकामा विगत १३ वर्षदेखि धुमधामका साथ छठ मनाउन थालिएको छ। काठमाडाैं उपत्यकामा छठ मनाउनेहरूको संख्या थपिदै गएपछि २०६३ सालदेखि व्यवस्थित ढंगबाट एउटा समिति बनाएर नै छठ पर्व मनाउन सुरु गरिएको थियो। यसपाली कोरोना कम भएकाले काठमाडौंका अधिकांश जलाशयमा छठ पर्व धुमधामका साथ मनाउन थालेका छन्।

छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ। छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ। यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ।

आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ। उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन्।

यसै बीच गुह्यश्वरी देवीको प्राङ्गण अर्थात् गौरी घाटमा पनि टहरा लगाएर नै छठी माइको पूजा आराधना गरिएको छ। गौरी घाटमा छठका अवसरमा देखिएको माहोल नेपालदीपका फोटो पत्रकार दीपक घर्ति मगरले कैद गर्ने प्रयास गरेका छन्।

तस्बिरहरु 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट