बुधबार, मंसिर १५ २०७८

हरिबोधनी एकादशी : संखुवासभाको खाँदबारीमा आज र भोलि सार्वजनिक बिदा



  • नेपालदीप
  • आइतबार, कार्तिक २८ २०७८
798
SHARES

संखुवासभा। संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिएको छ।

धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा सार्वजनिक बिदा दिइएको हो। आज बिहान बसेको कार्यपालिका बैठकले स्थानीय पर्व शीर्षकमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिकाले जनाएको छ।

सार्वजनिक बिदाका दुई दिन सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहने जनाइएको छ।

चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने भएकाले झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत भारतका विभिन्न स्थानबाट भक्तजना आउँछन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट