
काठमाडौँ। केही सातादेखि जारी सर्वोच्च अदालतका न्यायधीश र नेपाल बार एसोसिएसनको ‘अदालती हड्ताल’ले न्याय सेवा हदैसम्म प्रभावित भएको छ।
प्रधानन्यायधीशलाई बहिर्गमन गराउन बाहिरी शक्तिहरुको डिजाइनमा ‘गोटी’ बन्न पुगेका न्यायधीशहरु र बारसँग सम्वद्ध अघिवक्ताहरुले जनताको न्याय पाउने अधिकार कुण्ठित हुने गरि न्याय सेवा ठप्प पारेका छन्।
जसले गर्दा पहाडका दुरदराज भूमिदेखि तराईका देहातबाट न्यायको अपेक्षा गरेर सर्वोच्च परिसर आउने नेपाली दाजूभाइ दिदी बहिनीले दुःख पाएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत अदालतमा हेर्न छोडिएपछि कैदीबन्दी, महिला बालबालिका सबैले दुःख पाएका छन्।
बारको आन्दोलन हरेक दिन जसो चलिरहेको छ। बारले प्रधानन्यायधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै दिनहुँ बिहान सर्वोच्चको गेटमा धर्ना बसेर चर्को नारा लगाइरहँदा त्यहिँ सर्वोच्च अघि रामशाहपथको पेटीमा सर्वोच्च खुल्ने प्रतिक्षामा मानिसहरु कुरिरहेको हृदयविदारक दृश्य देखिने गरेको छ। जसलाई आज नेपालदीपका फोटोपत्रकार दिपकघर्ति मगरले तस्बिरमा कैद गर्ने प्रयास गरेका छन्।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।