बुधबार, मंसिर १५ २०७८

सक्रियता बढाउँदै श्रममन्त्री श्रेष्ठ: वैदेशिक रोजगार कार्यालयमा छड्के, ‘झस्किए’ कर्मचारी



  • नेपालदीप
  • बुधबार, मंसिर १ २०७८
950
SHARES

काठमाडौं। मन्त्रीमा नियुक्ती भएलगत्तै यस अघिका मन्त्री भन्दा आफू ‘कठोर’ हुने सन्देश दिएका श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा छड्के जाँच गरेका छन्।

कार्यालयबाट हुने सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो बढेको भन्दै मन्त्री श्रेष्ठ आफैँ छड्केमा निस्किएका हुन्। मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिएका छन्। उनले काउन्टरमा पुरुष र महिलाको छुट्टा छुट्टै लाइन बनाउन पनि निर्देशन दिए। उनले दलाली आतंक बन्द गर्न, हेल्प डेस्क राख्नसँगै आवश्यक उपकरण थप्न निर्देशन दिए। साथै अहिले कायम एक हजारबाट टोकन संख्या बढाएर १५ सय पुर्‍याउन पनि निर्देशन दिएका छन्।

छड्केका लागि एक्कासी पुगेका मन्त्री श्रेष्ठले अनुगमनका क्रममा लाइनमा बसेका सेवाग्राहीले गुनासो पोखेका थिए। मन्त्री श्रेष्ठ एक्कासी कार्यालय पुग्दा कर्मचारीहरु कोही झस्किएका थिए भने कोही त्रसित देखिन्थे। कार्यालय भित्र रहेका गैर कर्मचारी दलालहरु मन्त्री आएको थाहा पाउँदा साथ भागेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट