बुधबार, मंसिर १५ २०७८

‘नागरिकको न्याय रोक्न पाइदैन,’ भन्दै युवाहरुको प्रदर्शन (तस्बिरहरु)



  • नेपालदीप
  • बुधबार, मंसिर १ २०७८
1.1K
SHARES

काठमाडौँ। ‘नागरिकको न्याय रोक्न पाइदैन’ भन्ने मूल नारा सहित युवाहरुले मोटरसाइकल ऱ्याली गरेका छन्। प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणामाथि विभिन्न आरोप लगाएर राजीनामा दिनुपर्ने माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायधीशहरु र बहस छोडेर सडक आन्दोलनमा सक्रिय कानुन व्यवसायी विरुद्ध युवाहरुले प्रदर्शन गरेका हुन्।

१०० ग्रुप नेपालले न्यायधीशहरु र वकिलको कृत्यले जनताको न्याय पाउने अधिकारमा प्रतिकुल असर परेको भन्दै मोटरसाइकर ऱ्याली आयोजना गरेको बताएको छ। ऱ्याली माइतिघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो। केही बेरको नाराबाजी पछि कोणसभामा तारा बराल लगाएतका नागरिक अभियानताहरुले सम्बोधन गरेका थिए।

‘जनताको अदालत खुल्ला गर’, ‘कानुनी राज्य कायम गर’, ‘नागरिकको न्याय रोक्न पाइदैन’, ‘स्वतन्त्र न्यायपालिका हाम्रो चाहना’, भन्ने नारा लगाउँदै युवाहरुले प्रदर्शन गरेका थिए।

युवाहरुले गरेको प्रदर्शनलाई नेपालदीपका फोटो पत्रकार दिपक घर्ति मगरले तस्बिरमा कैद गरेका छन्।

तस्बिरहरु

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट