बुधबार, मंसिर १५ २०७८

बारसँग इजलास फर्किएका न्यायधीशहरुले भने: अन्तहीन रुपमा इजलास बहिस्कार गर्न सकिँदैन



  • नेपालदीप
  • बुधबार, मंसिर १ २०७८
1K
SHARES

काठमाडौँ। १९ न्यायधीशको समूहबाट ‘विद्रोह’ गरेर काममा फर्किएका सर्वोच्चका पाँच न्यायाधीशले अन्तहीन रुपमा इजलास बहिस्कार सम्भव नहुने बताएका छन्।

प्रधानन्याधीशको राजीनामा माग्दै नेपाल बार एशोसियसन र न्यायाधीशहरुको आन्दोलनप्रति विमति जनाउँदै आन्दोलन छाडेर पाँच न्यायाधीशले मंगलबार नियमित जस्तै मुद्दा सुनुवाइ गरेका छन्।

नियमित जसो सुनुवाई गरिरहेका न्यायधीशलाई आन्दोलनमा फर्काउन पुगेका बारका पदाधिकारीलाई अन्तहीन इजलास बहिस्कार सम्भव नभएको बताएका हुन्। देश र जनताप्रतिको कर्तव्य बिर्सिएर अन्तहीन रुपमा इजलास बहिस्कार गर्न नसकिने स्पष्ट पारेका हुन्।

न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, कुमार रेग्मी र मनोजकुमार शर्माले मंगलबारदेखि बन्दीप्रत्यक्षीकरण बाहेकको मुद्दा पनि सुनुवाइ गरेका छन्। उनीहरु अरु न्यायाधीशसँगको सामूहिक छलफलमा बस्न छाडेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट