बुधबार, मंसिर १५ २०७८

आज सबै न्यायधीशहरु इजलासमा फर्किएर मुद्धाको सुनुवाई गर्ने



  • नेपालदीप
  • शुक्रबार, मंसिर ३ २०७८
931
SHARES

काठमाडौँ। प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा विरुद्ध विभिन्न अपुष्ट आरोप लगाउँदै हड्ताल गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलासमा फर्किने तयारी गरेका छन्। बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न लागेका हुन्।

शुक्रबारका लागि प्रधानन्यायाधीश राणाले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन्। जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ। शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ।

न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ। शुक्रबार प्रधानन्यायाधीश राणाले आफूलाई भने इजलासमा राखेका छैनन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट