बुधबार, माघ ५ २०७८

विश्व दर्शन दिवसको कार्यक्रम सम्पन्न



  • नेपालदीप
  • शुक्रबार, मंसिर ३ २०७८
2K
SHARES

काठमाडौँ। १९ औं विश्वदर्शन दिवस २०२१ को अवसर पारेर त्रिचन्द्र बहुमुखी क्याम्पस, विज्डम मिसनको सहकार्यमा “विर्सिएका मानवतावादी दार्शनिक जय पृथ्वीवहादुर सिंह” विषयमा प्रबचन सम्पन्न भएको छ। उक्त प्रबचन कार्यक्रममा त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्याय बक्ता रहनु भएको थियो।

उपाध्यायले सिंहको मानवतावादीधारको बारेमा परिचर्चा गर्दै उहाँ “विश्वको पहिलो आधुनिक मानवतावादी दार्शनिक भएको” भन्दै आजको मानव समाज बुद्धिमान हुँदै गएको तर विवेकशीलचाहिं नभएको तर्क गर्नुभयो। उहाँले भन्ने भयो, ‘जवसम्म मान्छेले बुद्धिको क्रियाकलापमा विवेकको नियन्त्रण हुँदैन तवसम्म मान्छेले गरेका वैज्ञानिक विकासहरूको प्रवृत्ति बिनाशतिर बढी हुनेछ।’

उपाध्यायले अबको विकास कल्याण केन्द्रीत हुनुपर्छ भन्ने न्यूनतम सहमतिमा विश्व राजनीतिमा हुनुपर्ने पनि बताउनु भयो। उनले भने,  ‘आज कल्याणकारी विज्ञानका तुलनामा विनाशकारी विज्ञान १००० गुणा अगाडी छ। १३४१० अणुवमहरूले ९ घन्टामा सम्पूर्ण पृथ्वीको विनाश गर्न सक्छन्। यदि यी घातक वमहरू निर्माण गर्न लागेको बुद्धि र पैसा कल्याणकारी विज्ञानमा प्रयोग गरिएको भए अहिलेसम्म मान्छेको वस्ति मङ्गलमा भैसक्थ्यो। तेसैले उप्रान्तको विकास कल्याण केन्द्रीत हुनुपर्छ भन्ने न्यूनतम सहमतिमा विश्वको राजनीति पुग्नैपर्छ ।’

कार्यक्रमको संचालन मिसन विज्डमका उदयराज ढकालले गर्नुभएको थियो भने राजुआचार्य, मन्दा पौडेल, रोशन बज्राचार्यआदिले जिज्ञासासहित आफ्ना विचारहरू राख्नुभएको थियो भने कार्यक्रमको समापनचाहिं मिसनकै लोकराज पाठकले गर्नुभएको थियो। उक्त कार्यक्रम जुमप्रविधि माध्यमबाट भएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट