बुधबार, मंसिर १५ २०७८

उदारतावादको छल



  • नेपालदीप
  • शनिबार, मंसिर ४ २०७८
1.2K
SHARES

आजभोली उदारताको मांग ती समूहहरूले गरिरहेका छन्, जसको जन्म, विकास र विस्तार अनुदारता र पूर्वाग्रहको जगमा भएको थियो । नेपाली परिपेक्षमा “उदारता” एउटा हास्यव्यंग्य भन्दा कम छैन । साम्यवादीहरू जसले धर्म, संस्कृति तथा सामाजिक मान्यताहरूमा विश्वास नगरेर “कार्लमार्क्स”को “कम्युनिस्ट मेनिफेस्टो” सबै विज्ञानहरूको जननी ठान्छन् र “मार्क्सवाददेखि मार्क्सवादसम्म”मात्र विकास, प्रगति र विश्वको प्रगति देख्छन्, उदार प्रजातन्त्रको वकालत गरिरहेका छन् ।

इसाईहरू जसको जगनै यहुदीहरूको अस्तित्व समाप्त पार्ने प्रतिज्ञामा टिकेको छ, जसले बाइबलदेखि बाइवलसम्ममात्र विश्वलाई सीमित पार्छ, नेपालमा तिनै उदारवादी बनेर धर्मनिरपेक्षतावादको वकालत गर्दैछन् । बाइबल बोकेर विश्वका अनेकौं प्राचीन सभ्यताहरूको नामोनिसान मेटाउनेहरू अहिले उदारवादी “धर्मनिरपेक्ष” बनेका छन् र अचम्मको कुरा तथाकथित साम्यवादी र समाजवादीहरू इसाई-उदारतावादमा विश्वास गरिरहेका छन् ।

बामियानमा (अफगानिस्तान) रहेको वर्वरता पूर्वक निर्जीव विश्वको सबैभन्दा ठूलो बुद्धको मूर्ति नष्ट गर्ने, भारतवर्षसहित विश्वका असंख्य मन्दिर, चैत्य, विहारहरू नष्ट गरेर आफ्ना गुरू मोहम्मदलाई खुसी पार्ने र “कुरानदेखि कुरानसम्म”को विश्वलाई अन्तिम सत्य ठान्ने मुस्लिमहरू नेपालमा “धर्मनिरपेक्षतावादी” कहलिएका छन् । विश्वभरीका मुस्लिम समुदायको असहिष्णुता देख्दादेख्दै र भोग्दै “नेपाली मुस्लिमहरू उदारवादी धर्मनिरपेक्ष चरित्रका छन् भनेर विश्वास गर्नु कम व्यंग्यात्मक छैन ।

किराती र बुद्धिष्टहरू जसको जरोकिलो नेपालसंग जोडिएको छ, इसाई. मुस्लिम तथा साम्यवादीहरू कुरामा विश्वास गरेर हिन्दू उनीहरूकै बाटोमा हिड्दै छिमेकी घरका हिन्दूहरूलाई “गालीगलौज” गर्ने मनोविज्ञान झन् अचम्मको छ । प्राकृतिक उदारतामा हुर्किएका र विश्वको शान्तिको संदेश दिने बुद्धका केही अनुयायीहरूले इसाई-मुस्लिम-साम्यवादी उदारतावाद रोजेको देख्दा अचम्म लाग्छ । मुसाईहरूको बैचारिक ट्रापमा परेर आफ्नै छिमेकीको आलोचना गर्दै “मुसाई”हरूलाई उदारतावादको प्रतिमानका रूपमा ग्रहण गर्ने धर्मको महलमा बुद्ध लेख्ने तर विचारको महलमा “मुसाईपन” बोकेर हिंड्ने केही किरात-बौद्ध अगुवाहरूलाई “रामराम” भन्न सकिन्छ ।

उदारतावाद खोज्ने हो भने हिन्दू जीवनशैलीभित्र पसेर हेर्नुस् र बुझ्नुस् । वेदको विरोध गर्ने बुद्धलाई विष्णुको अवतार मानेर पूजा गर्छन् । महावीरमा ऋषभदेवको अवतार ठानेर पूजा गर्छन् । मुसाईहरूलाई आफ्नै भूमिदान दिएर मजिस्द र चर्च बनाउँन मदत गर्छन् । रोममा हिन्दू मन्दिरको कल्पना गर्न सकिन्न न साउदी अरवमा गुम्वा निर्माण गर्ने अनुमति नेपाली बौद्धहरू प्राप्त गर्ने छन् । लोकतन्त्र, प्रजातन्त्र, साम्यवादआदि सबै प्रतिमानहरू “मुसाई” चिन्तनबाट विकसित भएका प्रतिमान हुन् । यदि कसैले यी धार्मिक र राजनैतिकवाद भित्र उदारता खोज्दछ भने “बालुवा पेलेर तेल निकाल्न” खोज्दैछ भनेर बुझौं ।

प्राकृतिक उदारतावादको लागि “हिन्दू-जैन-बौद्ध-किरात” संस्कृति अंगीकार गरौँ र राजनैतिक उदारताका लागि “राज्यराष्ट्र”को अभ्यासतिर फर्किऔं । मुसाई र मुसाई परिवेशमा विकसित राजनैतिक सिद्धान्तहरूमा उदारता खोज्नु आत्महत्या गर्नुनै हो ।

स्वस्ति अस्तु ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट