बुधबार, मंसिर १५ २०७८

प्रधानन्यायाधीश जबराले तोके सबै मुद्दामा पेसी



  • नेपालदीप
  • आइतबार, मंसिर ५ २०७८
855
SHARES

काठमाडौं।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

उनले आज १० संयुक्त र एकल इजलासमा ३ सय ३४ मुद्दामा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए पनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फुलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन्।

बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किएका छन्। अदालतमा मुद्दाको चापअनुसार नियमित रूपमा बेन्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट