बुधबार, माघ ५ २०७८

कुटाकुट हुँदा एकजनाको ज्यान गयो, आरोपित प्रहरी नियन्त्रणमा



  • नेपालदीप
  • सोमबार, मंसिर ६ २०७८
1.3K
SHARES

डोटी। डोटीमा दुई युवकबीच कुटाकुट हुँदा आइतबार दिउँसो एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बोगटान गाउँपालिका–१ उल्टेपानी बस्ने ४९ वर्षीय धनबहादुर मगर रहेको प्हरीले जनाएको छ। कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बोगटान–१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरुबीच सामान्य विवादमा झगडा हुँदा कुटाकुट भएको थियो।

सोह िक्रममा घाइते भएका धनबहादुरलाई उपचारका लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्हरी चौकी चमराचौतराबाट खटिएको प्रहरीले मिलनलाई नियन्त्रणमा लिएको बताइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट