बुधबार, मंसिर १५ २०७८

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरीको मृत्यु, स्थानीयले गरे गाडीमा आगजनी



  • नेपालदीप
  • बुधबार, मंसिर ८ २०७८
646
SHARES

सिन्धुली। बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ।

कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक बागलुङको दलिनका तेजेन्द्र पर्सामा कार्यरत प्रहरी भएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।

बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना ३६ प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबासतर्फ जाँदै गरेको बा २ च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको उनले बताए।

मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले बोलेरोमा आगजनी गरेका छन्। उनीहरु राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्ग खुलाउने प्रयास भइरहेको लामाले जानकारी दिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट