बुधबार, मंसिर १५ २०७८

निरन्तर सुनको भाउ ओरालो लाग्दै,आज पनि ह्वात्तै घट्यो



  • नेपालदीप
  • बुधबार, मंसिर ८ २०७८
589
SHARES

काठमाडौँ। सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।

अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने भए पछि त्यसको प्रभाव सुनमा परेको हुन सक्ने महासंघको अनुमान छ । संकटमा परेको अर्थतन्त्र उकास्न पावेले लिएको रणनीतिको असर सुनमा परेको हुन सक्ने महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइको छ । हरेक दिन बिहान १० बजेको अन्तर्राष्ट्रिय मूल्यअनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट